अस्पतालको काम, कर्तव्य र अधिकार (प्रदेश नं. १ जनस्वास्थ्य ऐन, २०७७ को दफा १० (१) बमोजिम)
- योग्य सेवा प्रदायकबाट मात्र स्वास्थ्य सेवा प्रदान गर्ने,
- प्रत्येक सेवाग्राहीलाई प्रष्ट र पूर्णरुपमा लेखिएको विरामी पूर्जा उपलव्ध गराउने,
- कुनैपनि रोगको संक्रमण नहुने, स्वास्थ्य संस्थाबाट उत्पन्न हुने फोहोर व्यवस्थापन संक्रमण रोक्ने तर्पm आवश्यक सुरक्षात्मक उपायको अवलम्वन गर्ने,
- कसैलाई निजको उत्पत्ति, धर्म, वर्ण, भाषा, जातजाती, लिङ्ग, पेशा, यौनिक तथा लैङ्गिक पहिचान, शारीरिक वा स्वास्थ्य अवस्था, अपाङ्गता, वैवाहिक स्थिति, गर्भावस्था, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा उपचार, सेवा वा शुल्कमा भेदभाव नगर्ने,
- सेवाग्राही प्रति शारीरिक, मानसिक वा लैङ्गिक हिंसा हुने कार्य नगर्ने,
- आफ्नो स्वास्थ्य संस्थामा उपलव्ध सेवाको प्रकृति, सेवा प्राप्त गर्न लाग्ने अनुमानित समय र लागत, सेवाको कार्य सञ्चालन तालिका, सेवा प्रदान गर्ने चिकित्सक वा स्वास्थ्यकर्मीको नाम, प्रमाणपत्र नम्वर, समय तालिका,सेवामा पहुँच स्थापित गर्ने कार्यविधि तथा गुनासो व्यवस्थापन कार्यविधि बारेको सूचना प्रवाह गर्ने व्यवस्था मिलाउनुपर्ने,
- उपचार गराइरहेका सेवाग्राहीलाई डिस्चार्ज गर्दा तोकिए बमोजिमको डिस्चार्ज सारांश दिने,
- प्रचलित कानून बमोजिम सेवाग्राहीको गोपनियता कायम राख्ने,
- उपचार गराईरहेको सेवाग्राहीको स्वास्थ्य अवस्थाका बारे अनिवार्य रुपमा दिनमा कम्तीमा दुईपटक सूचना लिने साथै सेवाग्राहीको स्वास्थ्य अवस्था बारेको सूचना अनिवार्य रुपमा दिनमा कम्तीमा एकपटक सेवाग्राही वा निजको परिवारलाई दिने,
- नागरिक वडापत्र सेवाग्राहीले सजिलै देख्ने स्थानमा अनिवार्य राख्नुपर्नेे,
- तोकिए बमोजिम गुनासो व्यवस्थापन एकाईको व्यवस्था गर्ने,
- डिजिटल नोटिस बोर्ड तथा वेभसाइटमा आफूले प्रदान गर्ने सम्पूर्ण सेवा सम्वन्धी सूचना नियमित रुपमा अद्यावधिक गर्ने,
- आपतकालिन स्वास्थ्य सेवाको व्यवस्थापनका समयमा वा जनस्वास्थ्य विपद घोषणा गरिएका स्थानका निजि तथा सामुदायिक स्वास्थ्य संस्थाहरुले प्रदेश सरकारसँगको समन्वय र सहकार्यमा मन्त्रालयले तोकिदिएको कार्यहरु गर्ने,
- दफा २४ बमोजिमको नागरिक स्वास्थ्य सहायता सूचना प्रणालीमा आवद्ध हुने,
- सेवाग्राही र सेवा प्रदायकको स्वास्थ्यमा प्रतिकुल असर नपर्ने गरी निर्माण र सेवाको सुनिश्चितता गर्नुपर्ने ।